Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

क्षेत्राधिकारमा हस्तक्षेप नगर्न कामपाको आग्रह

क्षेत्राधिकारमा हस्तक्षेप नगर्न कामपाको आग्रह

काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई आग्रह गरेको छ । कार्यालयले स्थानीय सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गरी संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्वका विषयमा सूचना प्रकाशित गरेपछि महानगरले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो ।

यही पुस १ गते शिक्षा कार्यालय काठमाडौंले संस्थागत विद्यालयका विषयमा सूचना प्रकाशित गरेको थियो । स्थानीय सरकारको कार्यक्षेत्र पर्ने भन्दै महानगरले शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको हो । यस्तै, महानगरले साझेदार निकायलाई विषयगत काममा प्राविधिक एवम् व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर सङ्घीय व्यवस्थालाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

नेपालको संविधानअनुसार विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापनलगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र परेको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार गठन भएको भन्दै महानगरले शिक्षक सरुवा, नियुक्तिलगायतका काम नगर्न शिक्षा कार्यालयलाई आग्रह गरेको छ । यस्तै, महानगरले शिक्षा विकाससम्बन्धी कामहरू महानगरपालिकाको समन्वयमा हुनुपर्ने र यस कार्यका लागि शिक्षा सेवाबाट उपसचिवलगायतका विभिन्न श्रेणी र तहका कर्मचारीहरू खटिएकोले अब माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन र शिक्षा विकाससम्बन्धी कार्यक्रम महानगरबाटै हुने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x