Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

तरकारीको मूल्यमा अचाक्लि वृद्धि, सातामै दुई सय प्रतिशत सम्म मुल्यबृद्धि

तरकारीको मूल्यमा अचाक्लि वृद्धि, सातामै दुई सय प्रतिशत सम्म मुल्यबृद्धि

काठमाडौं,२७ बैशाख । पछिल्ला केही साता यता राजधानिमा तरकारीको भाँउमा अप्रत्यासित मुल्य बृद्धि गरिएको छ। एक महिनाको बीचमा केही तरकारीहरुको २ सय प्रतिशत भन्दा बढी मुल्य बृद्धि  गरिएको छ । गत चैतमा २२ रूपैयाँ केजी रहेको काउली ७० रुपैया पुगेको छ । भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता (२६ गते) ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो।

बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ। काउली र गोलभेंडामात्र नभएर बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ। स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ।

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ। भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो,  तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ। रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ।अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ।  

निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारीहरूले बताउने गरेपनि सरकारको कमजोर अनुगमन र बिचौलियाको बजार नियन्त्रणका कारण तरकारीको भाउ बढेको उपभोक्ताहरु बताछन। तरकारीको मूल्यमा अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको उनिहरुको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *