सन्राइज बैंकको १०५ औं शाखा कार्यालय बुटवलको राम मन्दिर लाइनमा

काठमाडौं, २७ बैशाख । सन्राइज बैंक लिमिटेडले १०५ औं शाखा कार्यालय बुटवल स्थित राम मन्दिर लाइनमा सञ्चालन गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै स्थानीयहरुले बैंकद्वारा उपलब्ध बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । हाल बैंकले १ सय ५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।¬

Leave a Reply

Your email address will not be published. Required fields are marked *