Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आईतबार नेप्सेमा ३.०७ अंकले वृद्धि, बजार झण्डै १३ सयको विन्दुमा

आईतबार नेप्सेमा ३.०७ अंकले वृद्धि, बजार झण्डै १३ सयको विन्दुमा

काठमाडौं, २९ बैशाख । साताको पहिलो दिन आईतबार (आज) सेयर कारोबारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.०७ अंकले वृद्धि भई १२९५.०३ विन्दुमा पुगेको हो ।

१ सय ७१ कम्पनीको २६ लाख ६९ हजार ५९ सेयर खरिद विक्री हुँदा ८४ करोड ७६ लाख ९९ हजार ६६१ रुपैयाँको सेयर कारोबार भएको छ । सबै भन्दा बढी सेयर कारोबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको सेयर कारोबार १६ करोड ४५ लाख भन्दा बढीको भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी सबैभन्दा बढी कमाउनेमा शिभम् सिमेन्ट लिमिटेडका सेयरकर्ताहरु रहेका छन् । शिभम् सिमेन्टको प्रतिसेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरकर्ताहरु रहेका छन् । उक्त वित्तीय संस्थाको प्रतिसेयर मूल्यमा ७.२६१४१ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै नेप्सेमा सूचिकृत ११ समूहमध्ये चार वटा समूहको मात्र परिसूचकमा वृद्धि भएको छ भने अन्य सबैमा गिरावट आएको छ । नेप्सेमा सूचिकृत होटल, फाइनान्स, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x