Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रभु बैंकले पायो १०ः४ कित्ता हकप्रद शेयरको अनुमति

प्रभु बैंकले पायो १०ः४ कित्ता हकप्रद शेयरको अनुमति

काठमाडौं, ६ पौष । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अबर्क ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले जारी गर्ने ४० प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x