त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं,५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ४३८७ नम्वरको यात्रुबस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि २९ घाइते भएका छन् । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २९ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ । गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *