Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

यूनिभर्सल इन्स्टिच्यूट र कामना सेवा बैंकबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

यूनिभर्सल इन्स्टिच्यूट र कामना सेवा बैंकबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

काठमाडौं, ९ जेठ । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज एण्ड रिसर्च प्रा.लि.बीच उपचारमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूटका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पिएसले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका प्रिपेड÷डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूटमा उपचार गराउँदा विशेष छुट पाउने बैंकले जनाएको छ । यसबाट बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

हाल बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x