ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज

काठमाडौं, ७ पौष । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि पौष १४ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले शेयर दर्ता किताब बन्दको सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

बैंकले १ बराबर ४ कित्ता अर्थात चार सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर ३ गते स्विकृति पाएको हो । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरिएको छ ।

बैंकले १ बराबर ४ कित्ता हकप्रद शेयर निष्कासन गरे पछि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल १० करोड रुपैयाँ पुग्ने जनाइएको छ । बैंकले निष्कासन गर्ने हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ५ दिएको छ । इक्रा नेपालको अनुसार बैंकको वित्तीय परिसुचकहरु कमजोर अवस्थामा रहेको कारण ग्रेड ५ दिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *