मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर नियुक्त
काठमाडौं, ११ जेठ । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले स्वागत गरेका हुन ।
बज्राचार्य यसअघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करिब १८ वर्षको अनुभव रहेको छ ।