सुर्खेतमा यात्रुवाहक बस र मकवानपूरमा ट्रकमा आगजनी
काठमाडौं,१३ जेठ । नेत्र विक्रम चन्द समुहले आह्वान गरेको नेपाल बन्दका कारण देशैभरकाे जनजीवन प्रभावित बनेको छ । विभिन्न जिल्लमा बस र ट्रकमा आगाजानी गरिएको छ । विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । मकवानपुरका दुई स्थानमा रोकि राखेको ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ । हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उहाँले बताउनुभयो । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ । ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै सुर्खेतमा यात्रुवाहक बसमा आगजानी गरिएको छ। गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए ।
नवलपरासिमा नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरि कास्की, कपिलवस्तु, अर्घाखाँची मा शंकस्पद बस्तुहरु फेला परेका छ