Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आर्थिक वर्ष २०७६÷०७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संसदमा पेश हुने

आर्थिक वर्ष २०७६÷०७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संसदमा पेश हुने

काठमाडौं, १३ जेठ । आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट बुद्यबार (जेठ १५ गते) अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले बुद्यबार अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गर्ने जानकारी गराए ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत उनले आग्रह गरेका छन । संविधान अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x