सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बीमा पनि’ योजना सार्वजनिक

काठमाडौं, २७ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बीमा पनि’ योजना सार्वजनिक गरेको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) र जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु संचालनमा ल्याएको हो ।

जस अन्तर्गत कुनै पनि खाता खोल्ने ग्राहकहरुलाई १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको छ । उक्त बीमाको सुविधा खाताको प्रकृति हेरी दिईने बैंकले जनाएको छ । उक्त बीमा योजनामा दुर्घटना, औषधि उपचार र घाटक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् । जुन खाता खोल्दा मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विषेश छुट, निशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट नयाँ बचत खाता योजनाको थालनी गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *