Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सुरुङमा थुनिएका १७ मजदुरको सकुशल उद्धार

सुरुङमा थुनिएका १७ मजदुरको सकुशल उद्धार

काठमाडौं,६ असार । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको सकुशल उद्धार गरीएको छ । सुरुङ्गमा थुनिएको झण्डै १० घण्टा पछि मजदुरहरुको सकुशल उद्वार गरिएको हो । बिहीबार राती साँढे ८ बजे सुरुङको प्रवेश मार्गमा सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ गरी १७ जना कामदार थुनिएका थिए। सुरुङ्गमा थुनिएका सवैको उदार सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख भोगेन्द्रपुरुष ढकालले जानकारी दिए। १० घण्टा सुरुङभित्र थुनिए पनि उनीहरुको स्वास्थ्य अबस्थामा कुनै खराबी नआएको सकुशल रहेको डिएसपी ढकालले बताए

सुरुङ्गमा थुनिने मजदुरमा बैतडीका जनकबहादुर राना र रतनसिंह प्रजा, सल्यानका गोविन्द पुन, लमजुङका टेकबहादुर थापा, धादिङका कुशल श्रेष्ठ, रुकुमका अर्जुनबहादुर रोक्का र निमासेडर लामा, बर्दियाका दानबहादुर ओली, सुर्खेतका कर्णबहादुर घर्ती, रुद्रबहादुर ठाडा मगर र टेकबहादुर दर्लामी छन्। त्यसैगरी चिनियाँ नागरिक जि हङ, वाङ चिङ, हङ हु जिङ, जिउ जिओ, हङलङ नुङ र झन ल्याङको रहेका थिए । सुख्खा पहिरोका कारण सुरुङ्ग थुनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *