Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गोदावरीमा सन्राइज बैंक लिमिटेडको शाखा विस्तार

गोदावरीमा सन्राइज बैंक लिमिटेडको शाखा विस्तार

काठमाडौं, १६ असार । सन्राइज बैंकले सुदूरपश्चिम प्रदेशको गोदावरी स्थित अत्तरियामा १ सय १० औँ शाखा संचालनमा ल्याएको छ । गोदावरीे नगरपालिकाको मेयर हरि सिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले आइतबार सो शाखाको उद्घाटन गरेका हुन ।

सोही दिन बैंकले पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका हुन ।

बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको थियो । हालसम्म बैंकको शाखा संख्या १ सय १० वटा पुगेको छ । ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x