Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

२ वर्षमा ७ हजार घरेलु उद्योग दर्ता

२ वर्षमा ७ हजार घरेलु उद्योग दर्ता

काठमाडौं, १६ असार । चालु आर्थिक वर्षमा १२ हजार २ सय ५५ साना तथा घरेलु उद्योगहरु दर्ता भएका छन् । यो संख्या २ वर्ष अगाडी दर्ता भएका उद्योगभन्दा ७ हजार १८ ले बढी हो ।

घरेलु तथा साना उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा उद्योगको संख्या ५ हजार २ सय ३७ थियो । आर्थिक वर्ष २०७४÷७५ मा उद्योगको त्यो संख्या ८ हजार ५ सय ३८ थियो । पछिल्लो समय नेपालमा घरेलु उद्योग स्थापना गर्ने संख्यामा सबैभन्दा बढी महिला रहेको घरेलु तथा साना उद्योग विभागका प्रमुख उद्योग अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।

देशको सबैभन्दा बढी जनसंख्या काठमाडौंमा बसोबास गर्ने भएको र बाहिरी जिल्लाबाट आएर व्यवसाय गर्नेको संख्या अत्याधिक भएकाले घरेलु उद्योगको संख्या बृद्धि भएको उनको भनाई छ ।

घरेलु तथा साना उद्योग अन्तर्गत ८ वटा उद्योगहरु रहेका छन् । जसमध्ये २ वर्षको अन्तरालमा घरेलुु उद्योगको संख्यामा कमि आएको छ । यो अवधिमा घरेलु उद्योगको संख्यामा ४ सय ४७ ले कमि आएको हो । आर्थिक वर्ष २०७३÷७४ मा ५ सय ३१ दर्ता भएका थिए । तर चालु वर्षको असार १५ सम्ममा ८४ दर्ता मात्रै घरेलु उद्योग दर्ता भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x