Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार, तत्कालका लागि सबै तयारी रोक्ने निष्कर्ष

नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार, तत्कालका लागि सबै तयारी रोक्ने निष्कर्ष

काठमाडौं, १८ असार । इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। करोडौ खर्चेर अवार्ड कार्यक्रम आयोजना गर्न लागेको भन्दै चौतर्फी विरोधपछि सरकारले कार्यक्रम नगर्ने भएको हो ।

आयोजनाको संयोजन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए। सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले ५० करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने भनिएको थियो ।

हिजो मात्र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x