Date

आइत, साउन १८, २०८२
Sun, August 3, 2025

संचारमन्त्री बास्कोटाले गरे गोन्जालोसँग विप्लवको तुलना

संचारमन्त्री बास्कोटाले गरे गोन्जालोसँग विप्लवको तुलना

काठमाडौं,१९ असार । सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले नेत्र विक्रम चन्द विप्लवलाई पेरुका गोन्जालोसँग तुलना गरेका छन् । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले विप्लवले हिंसा नत्यागे  गोन्जालो जस्तै समाप्त हुने चेतावनी दिए । वार्तामा नआए विप्लव समूहको सर्वनाश हुने चेतावनी दिए। पेरुमा गोन्जालोले पनि यस्तै आतंकको बाटो रोजेका थिए उनको सर्वनाश भयो   बाँस्कोटाले भने, ‘फेरी पनि बुझ्नुहोस हिंसाको राजनीतिलाई जनताले अस्वीकार गरिसके।

बास्कोटाले विप्लव समूहले दक्षिणपन्थी शक्तिको सेवा गरिरहेका आरोप लगाए।  मन्त्री बाँस्कोटाले विप्लव समूह वार्ता गरेर समस्याको समाधान हल गर्न खोज्दा वार्ता छाडेर गएको र सर्वनाशको बाटोमा हिडेको आरोप लगाए। उनले विप्लव समूहलाई रक्त पिपासु मानसिकता भएको आरोप लगाउदै भने, ‘उहाहरुले स्कुल बन्द गराएर कसको सेवा गर्न खोजेको ? कस्तो नागरिक उत्पादन गर्न खोजेको?’

उनले विप्लव समूह क्रान्तिको नाममा वितण्डा गरेर कुइरीमण्डलमा हिड्ने विशुद्ध आपराधिक समूह भएको बताए। ‘उहाँहरु मार्क्सवादी होइन, उपयोगवादी, कमाउवादी, संगठित आतंकवादी र सामाजिक फाँसीवादी हो’ उनले भने, ‘विप्लप समूह कुनैपनि दर्शन, विचार र सिद्धान्तसँग नजिक छैन।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *