Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विग मर्जरको प्रभाव : वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

विग मर्जरको प्रभाव : वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं, २२ असार । वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रिया अगाडि बढेसँगै सेयरधनीहरुको आकर्षण बैंकिङ्ग समूहमा देखिएको छ । केही साता अगाडि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै केही बैंकले मर्जरका लागि सम्झौता गरेसकेका छन् भने अधिकांश साझेदार खोज्नका लागि छलफलमा छन् ।

मर्जरपछि बैंकहरुको आकार ठूलो हुने आँकलनमा सेयरधनीहरु बैकिङ्ग समूहमा आकर्षित देखिएका हुन् । सबैभन्दा धेरै सेयर कारोबार भएको १० संस्थामा सबै बाणिज्य बैंकहरु रहेका छनु ।

सबैभन्दा बढी सिभिल बैंकको ५ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै मेगा बैंकको ४ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड १० लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको ३ करोड २६ लाख रुपैयाँ, कुमारी बैंकको २ करोड ५४ लाख रुपैयाँ प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेको छ । १ सय ७३ कम्पनीको २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिद–विक्री हुँदा ५४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x