Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

९० हजार घुस खाने प्रहरी निरीक्षकमाथि आरोप-पत्र दायर

९० हजार घुस खाने प्रहरी निरीक्षकमाथि आरोप-पत्र दायर

काठमाडौं, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहमाथि आरोप(पत्र दर्ता गरेको छ । अख्तियारले साहलाई ९० हजार घुस लिएको अनुसन्धान पश्चात खुलेपछि आरोप–पत्र दर्ता गरेको हो ।

उनले लागु ओषध कारोबारमा पक्राउ परेका सेवाग्राहीको मुद्दा मिलाई दिन घुस लिएको खुलेको छ । साहले आफ्नो छोराको बैंक खातामा उक्त रकम जम्मा गर्न लगाएको खुल्न आएको अख्तियारले जनाएको छ ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा लिई सकेको रिसवत जफत गरी उक्त दफा ३ को उपदफा १-९-ग बमोजिम कैद र विगो बमोजिम जरिवाना हुन मागदाबीसहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x