Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा गोरखाको सिउरीनीटारमा

एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा गोरखाको सिउरीनीटारमा

काठमाडौं, २९ असार । एनआईसी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरीनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोही गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले २ सय ९० शाखा कार्यालय, ३ सय २ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *