Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

धादिङको ताल्तीमा निर्माणधिन ह्वासिन सिमेन्ट उद्योगको निर्माण सामाग्री बाढीले बगायो

धादिङको ताल्तीमा निर्माणधिन ह्वासिन सिमेन्ट उद्योगको निर्माण सामाग्री बाढीले बगायो

काठमाडौं, ३० असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माणधिन ह्वासिन सिमेन्ट उद्योगमा बाढी पसेको छ । गए राति ताल्ती खोलामा आएको बाढी पस्दा उद्योग निर्माणका लागि राखिएकोे केही सामाग्रीहरु बगाएको कम्पनीले जानकारी दिएको छ।

बाढी पसेपछि उद्योग भित्र बसोबास गर्ने मजदुरहरु रातिनै सुरक्षित स्थानमा सरेका थिए । उनीहरु बसोबास गर्ने स्थानको सामान समेत बगाएको छ। मानविय क्षती नभएपनि अन्य क्षतीको आँकलन भइनसकेको जानकारी दिइएको छ ।

१५ अर्व रुपैयाँ लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण सुरु गरेको हो । नौ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित विगत चार मपहना देखि उद्योग निर्माणको काम भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *