Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला

एनआईसी एशिया बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला

काठमाडौं, १३ पौष । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया डिबेन्चर २०८१/८२ नामक ऋणपत्र निष्कासन गरेको छ । बैंकले यस ऋणपत्रको बिक्री खुल्ला पौष १३ देखी १७ गतेसम्मका लागि गर्ने बताएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित मुल्य भएको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जनाएको छ । बैंकले सो ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

यस ऋणपत्रको ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको अर्ध वार्षिक रूपमा ब्याज झुक्तानी गरिने छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ ।

बैंकले निष्कासन गर्न लागेको यस ऋणपत्रलाई ईक्रा नेपालको रेटिङ अनुसार लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम रहेको छ । यो ऋणपत्र नेपाल स्टक एक्सचेन्जलिमिटेडमा सूचिकरण गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x