Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

तमोर जलाशययुक्त आयोजना निर्माणका लागि प्रस्ताव माग

तमोर जलाशययुक्त आयोजना निर्माणका लागि प्रस्ताव माग

काठमाडौं,१९ साउन । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई कम्पनीसँग प्रस्ताव माग गरिने भएको छ । आयोजना निर्माणका लागि लगानि सम्मेलनमा परेका पाँचवटा प्रस्तावमध्येबाट दुईवटा कम्पनी छनोट गरी प्रस्ताव माग गर्ने निर्णय गरिएको हो । लगानी बोर्डका अनुसार जलविद्युत् विकास कम्पनी लिमिटेडसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय बोर्ड बैठकले गरेको हो । दुई कम्पनीबाट प्राप्त प्रस्तावको आधारमा आयोजनाको अनुमतिपत्र दिइनेछ ।

गत १५ र १६ चैतमा काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको लगानी सम्मेलनका क्रममा लगानी बोर्डले तमोर जलाशययुक्त आयोजनालाई सोकेसमा राखेको थियो । अब यी कम्पनीहरूलाई २१ दिने म्याद दिएर प्रस्ताव माग गर्न पत्र पठाइने प्रवक्ता वलराम  रिज्याल जानकारी दिए ।

उनले प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको जानकारी दिए । विद्युत् विकास विभागले तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि २०७० सालको १६ साउनमा प्राधिकरणलाई अनुमतिपत्र दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *