Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्नको बिमा गर्ने तयारी

प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्नको बिमा गर्ने तयारी

काठमाडौं, ३१ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न श्रमिकको बिमा गरिने भएको छ । मन्त्रालयले श्रमिकको दुर्घटना बिमा गर्ने तयारी गरेको हो ।

मन्त्रालयले श्रमिकको एक सय दिन बराबरको बिमा गर्न लागेको मन्त्रालयका सह सचिव डा.लोकनाथ भुसालले बताए । उनका अनुसार बिमाले कामदारको काम गरेको दिनको जोखिम मात्रै बहन गर्नेछ । “काम गरेको समयमा मात्रै जोखिम बहन हुनेछ । जस्तै, कुनै श्रमिक दिनमा जति समयमा काम गर्छ सोही अवधिको मात्रै जोखिम बहन हुनेछ । काम गर्ने समयमा केही भएमा बिमाले सुरक्षा प्रदान गर्छ । तर, कामबाट विदा भएपछि अवस्थामा भने बिमाले सुरक्षा दिदैन,” उनले भने ।

बिमाका लागि मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग छलफल भएको बताएको छ । मन्त्रालय र कम्पनी बिच दुई तिन पटक छलफल भई सकेको सह सचिव डा.भुसालले बताए । तर, बिमा रकममा कुरा अल्झिएको स्पष्ट पारे । “हामीले यो आवमा बिमाका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छौ । तर, कम्पनीले उक्त रकम पर्याप्त नहुने बताएको छ । त्यसैले हामी थप छलफल गरिरहेका छौ । तर, बिमा हामी गराउँछौ,” उनले भने ।

मन्त्रालयले वेरोजगारलाई रोजगारी प्रदान गर्न गत बर्ष देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । गत बर्ष मन्त्रालयले १ लाख ८३ हजार बेरोजगारलाई करिब १२ दिन बराबरको रोजगारी प्रदान गरेको थियो । रोजगारी ऐन अनुसार सरकारले वेरोजगारलाई बर्षमा कम्तिमा १ सय दिनको रोजगारी दिनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x