Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१३ जीवन बिमा कम्पनी गरे बोनशदर घोषणा

१३ जीवन बिमा कम्पनी गरे बोनशदर घोषणा

काठमाडौं, २ भदौ । १३ वटा जीवन बिमा कम्पनीले बोनशदर घोषणा गरेका छन् । बिमा समितिका अनुसार बोनशदर घोषणा गरेका कम्पनीहरुले मध्ये गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बोनशदर घोषणा गरेको छ । कम्पनीले हालसम्म कै उच्च प्रति हजार ८७ रुपैयाँ बोनशदर घोषणा गरेको हो । त्यस्तै, नेपाल लाईफ र नेशनल लाईफ इन्स्योरेन्सले अधिकत्तम प्रतिहजार ८२ रुपैयाँ बोनशदर घोषणा गरेका छन् ।

पुराना जीवन बिमा कम्पनीमध्ये गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बोनशदर घोषणा गरेको छ । यस अघि अग्रपंक्तिमा रहेका नेपाल लाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशनलाई पछाडी पार्दै गुराँस लाईफले अधिकत्तम प्रति हजार ८७ रुपैयाँ बोनशदरको घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बिमालेखमा न्यूनत्तम प्रति हजार ५१ रुपैयाँ घोषणा गरेको छ भने अधिकत्तम प्रति हजार ८६ रुपैयाँ घोषणा गरेको छ । त्यस्तै, सावधिक तथा आजिवन बिमामा न्यूनत्तम प्रति हजार ५२ रुपैयाँ घोषणा गरेको छ भने अधिकत्तम प्रति हजार ८७ रुपैयाँ घोषणा गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बिमामा भने न्यूनत्तम प्रति हजार ४७ रुपैयाँ र अधिकत्तम प्रति हजार ५७ रुपैयाँ घोषणा गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले भने अधिकत्तम प्रति हजार ८२ रुपैयाँ बोनशदर घोषणा गरेको छ । कम्पनीले सावधिक तथा सामूहिक जीवन बिमामा न्यूनत्तम प्रति हजार ८५ रुपैयाँ र अधिकत्तम प्रति हजार ८२ रुपैयाँ घोषणा गरेको छ । अग्रिम भुक्तानी सावधिक बिमामा भने प्रति हजार ६५ रुपैयाँ घोषणा गरेको छ । जीवन समृद्धि बिमामा न्यूनत्तम प्रतिहजार ६२ रुपैयाँ र अधिकत्तम प्रति हजार ६४ रुपैयाँ घोषणा गरेको छ । सावधिक तथा आजीवन जिवन बिमामा न्यूनत्तम प्रति हजार ६५ रुपैयाँ र अधिकत्तम ८२ रुपैयाँ घोषणा गरेको छ । दम्पति बिमाका लागि भने न्यूनत्तम प्रतिहजार ६५ र अधिकत्तम प्रति हजार ८२ रुपैयाँ घोषणा गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकत्तम प्रति हजार ८२ रुपैयाँ बोनशदर तोकेको छ । न्यूनत्तम भने ६३ रुपैयाँ तोकेको छ । त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशनले अधिकत्तम प्रति हजार ८० रुपैयाँ तोकेको छ भने न्यूनत्तम प्रति हजार ६६ रुपैयाँ तोकेको छ । मेट लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकत्तम ८० रुपैयाँ बोनशदर घोषणा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x