काठमाडौं- निजगढ दुर्तमार्गमा सुरुङ्ग थपियो, पुल घटे
काठमाडौं,१२ भदौ । तराइ मधेशलाई संघीय राजधानी काठमाडौं जोडने लाइफलाइन मानिएको काठमाडौं–निजगढको दुर्त मार्गको परिमार्जित डिपिआरले सुरुङ्गको मर्गको दुरी र संख्य बढाउदै पुलको संख्या घटाइएको छ । स्वीकृत डिपिआर अनुसार अब सडकमा तीनवटा सुरुङ बन्ने छन् भने ८७ वटा पुल रहनेछन् । पहिलेको डीपीआरमा एक स्थानमा मात्रै सुरुङ प्रस्तावित थियो । यसअघि द्रुतमार्गमा ९९ वटा पुल प्रस्तावित थियो ।सवै पुलको दूरी जम्मा १० दशमलव ५९ किलोमिटर हुनेछ ।
सरकारद्वारा स्वीकृत नयाँ डीपीआरअनुसार अब १ दशमलव ४ किलोमिटरको सुरुङ लेनडाँडामा बन्नेछ भने अर्को सुरुङ ३ दशमलव ३ किलोमिटरको महादेवटारमा बन्नेछ । यस्तै, अर्को सुरुङ धेद्रेमा १ दशमलव ३७ किलोमिटरको हुनेछ । तीनवटै सुरुङको दूरी ६ दशमलव ७ किलोमिटर हुनेछ । सुरुङको संख्या थप भएपछि लागत पनि बढ्ने आयोजनाका प्रमुख एवं प्राविधिक महासेनानी शरदलाल श्रेष्ठले जानकारी दिए । मुख्यतया मुआब्जामा उल्लेख भएको रकम कम, ढुवानी खर्च बढ्नुलगायतका विषयलाई समेत सेनाले लागत बढ्नुको कारण देखाएको छ । २०७८ साउनसम्म निर्माण सकाउने भनिए पनि लागत सँगै समय पनि केही बढने भएको छ ।