Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एटिएमबाट पैसा चोर्दै गर्दा प्रक्राउ परेका चिनियाँ गिरोह माथि राष्ट्र बैंक र सिआईबीद्वारा छुट्टा छुट्टै अनुसन्धान

एटिएमबाट पैसा चोर्दै गर्दा प्रक्राउ परेका चिनियाँ गिरोह माथि राष्ट्र बैंक र सिआईबीद्वारा छुट्टा छुट्टै अनुसन्धान

काठमाडौ, १५ भदौ । काठमाडौंका विभिन्न बैंकको एटिएमबाट एटिएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा लिन जियानमेङ, लुओ जियालेइ, झु लियाङग्याङ, क्यु युनकिङ र चेन बिन बिन छन्।

उनीहरूलाई नविल बैंकको दरबारमार्गस्थित एटिएमबाट पैसा निकाल्दै गर्दा हिजो मध्यराति प्रहरीले गिरोहलाई पक्रेको हो। पक्राउ परेका पाँच चिनियाँको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। उनीहरूबाट विभिन्न देशका मुद्रा, नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ।

पक्राउपछि ह्याकर आक्रमणको खतरा बढेपछि सर्भर प्रदायक संस्थाले रातिदेखि एटिएमसमेत बन्द गरेका थिए। अहिले प्रभु बैंक र एनसिसी बैंकबाहेक अधिकांशको सेवा सुचारु भइसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x