मिटरब्याजी परदेशी थप पाँच दिन हिरासतमा रहने, सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने
काठमाडौं,१७ भदौं । नक्कली तमसुक बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारको सम्वन्धमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले पाँच दिनको म्याद थपे गरेकाे छ । सदरमुकाम मलङ्गवा नगरपालिका–१०, स्थित घर नजिकैबाट पक्राउ परेका ५६ वर्षीय साहलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद प्रदान गरेको हो । साहविरुद्ध नक्कली तमसुक बनाएर ठगी गरेको, चुक्ता गरेको ऋणको कागजात नच्यातेको, ऋणी महिलामाथि अभद्र व्यवहार गरेको, लेनदेनको मुद्दामा सोझासिधा नागरिकलाई ठगी गरेको आरोप लागेको छ । सर्वसाधारणलाई पैंसा ब्याजमा लगाएर ठगी गर्ने साहको सम्पत्तिको समेत अनुसन्धान गर्न भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्ने भएको छ । विभागले प्रहरीलाई पत्र लेख्दै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न लागेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अनुसन्धान गर्न आग्रह गरिएको जानकारी दिएको छ