दशैको अग्रिम टिकट बुकिगं खुलाउँन छलफल गर्दैछ यातायात विभाग

काठमाडौं १८ भदौ । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङका सम्बन्धमा बुधबार (आज) सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्तावादी संगठन लगायतका सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।

अग्रिम टिकट बुकिगं खुलाउँन यातायात व्यवसायी तयारी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । तर, यातायात समितिहरु खारेज भए पछि व्यवस्थापनमा असहज हुन सक्ने महासंघले बताएको छ । समितिले दशैंलाई लक्षित गरेर चारसय बस थप्ने गर्थे तर, अहिले कम्पनीहरुले मुश्किले एक सय वटा बस थपेको महासंघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *