Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २२ भदौ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.६१ अंकले घटेर ११७८.४६ को बिन्दुमा बन्द भएको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहको उपसूचकमा गिरावट आएपछि समग्रमा बजार दोहोरो अंकले घटेको हो । आज सेयर कारोबार भने एक सय ६५ कम्पनीको ३० करोड ५३ लाख रुपैयाँ बराबरको भएको छ । त्यसमा पनि सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर सेयरको कारोबार भएको छ ।

सो दिन सबैभन्दा धेरै कमाउनेमा भने आँधीखोला लघुवित्त वित्तीय संस्थान लिमिटेडका लगानीकर्ताहरु परेका छन् भने सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x