Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

उत्तर कोरियाली लगानिमा संचालित उद्योग बन्द गर्न निर्देशन

काठमाडौं,३१ भदौ । सरकारले उत्तर कोरियाली लगानीमा संचालित उद्योग धन्दा बन्द गर्न एक महिनाको समय सीमा दिएको छ । एक महिना भित्र  उद्योग बन्द गरी लगानी फिर्ता लैजान आह्वान गरिएको उद्योग विभागले जानएको छ।  यसअघि दुई पटकसम्म काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका अधिकारीसँग मौखिक सम्झौता भए पनि बन्द नभएपछि पुन आग्रह गरिएको छ ।

राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागले जनाएको छ। विभागका अनुसार ९ वटा उत्तर कोरियाली लगानीका व्यवसायमा संलग्न कामदारहरुको भिसासमेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ। उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निर्माण क्षेत्रका व्यवसायमा लगानी गरेको विभागले उल्लेख गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *