Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नयाँश्रम नियमावलीमा परिसंघको सुझाव

नयाँश्रम नियमावलीमा परिसंघको सुझाव

काठमाडौं, २० पुस । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरसँग भेट गरी श्रम ऐन पश्चात आउन लागेको श्रम नियामावलीमा समावेश गर्नु पर्ने विषयगत सुझावहरु पेश गरेको छ ।

अध्यक्ष शर्माले श्रम ऐन लागू भइसकेको सन्दर्भमा श्रम नियमावली ल्याउनमा विलम्ब नहुने अपेक्षा राख्दै श्रम ऐनले तोकिएका विषयवस्तुहरुमा समेत असलश्रम सम्बन्ध, अन्तर्राष्ट्रिय मूल्यमान्यता र देशमा स्थानीय वास्तविकताको धरातलमा समेत व्यवहारिक एवं समय सापेक्षित किसिमको श्रम नियमावली आउनु पर्नेमाजोड दिए । प्रस्तावित मस्यौदा श्रम नियमावली २०७४ मा रोजगारदाताको तर्फबाट परिसंघको सुझाव प्रस्तुतगर्दै,अन्य सुझावहरुको अतिरिक्त, सञ्चयकोष, उपदान,उपचार र बीमा सम्बन्धमा र सामाजिक सुरक्षाकोषमा रकम हस्तान्तरण सम्बन्धमाउद्योग व्यवसायको नगदप्रवाहमा नकारात्मक प्रभावनपर्ने ढङ्गले समयसीमा तोक्नुपर्ने सुझाव प्रस्तुत गरेको छ । साथै विशेष प्रकृतिको उद्योग सेवा सम्बन्धी व्यवस्था अन्तरगत सेवाशुल्कको वितरण सम्बन्धी व्यवस्थामा समेत विगतमाभएको सम्बन्धित निकायबीचको सहमती अनुसार हुनु पर्नेमाजोड दिएको छ ।

सो अवसरमा श्रम मन्त्री फरमूल्लाह मंसुरले सरकारले विगतलामो समयदेखि थातिरहेको “श्रम ऐन २०७४” र “योगदानमा आधारित सामाजिक सुरक्षाकोष ऐन २०७४” सार्वजनिक गरी लागू समेत गरिसकेको परिप्रेक्षमा त्यसको सफल कार्यान्वयनको लागि आवश्यक नियमावलीमा परिसंघको सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x