एक सातामा सेयर बजारमा २५.५० अंकको गिरावट

काठमाडौं, ११ असोज । गत साताको तुलनामा यो साता सेयर बजार परिसूचक २५.५० अंकले घटेको छ । गत साताको बिहीवार परिसूचक ११५५.३० विन्दुमा बन्द भएको थियो तर यो साताको बिहीवार परिसूचक ११२९.८० विन्दुमा बन्द भएको छ ।

गत वर्षको फागुन २६ गते नेप्से ११२८ .७१ विन्दुमा रहेको थियो । यो साता सात महिनापछि सोही विन्दुमा पुगेको हो । साताको ५ कारोबार दिनमा नेप्से परिसूचक चार दिन घटेको छ भने सोमवार एक दिन बढेको छ ।

त्यस्तै यो साताको पाँच कारोबार दिनमा १ अर्ब १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । गत साता १ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *