Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सार्वजनिक बिदामा पनि बजार अनुगमन, कानून मिच्ने र कालोबजारी गर्नेलाई कारवाहीको चेतावनी

सार्वजनिक बिदामा पनि बजार अनुगमन, कानून मिच्ने र कालोबजारी गर्नेलाई कारवाहीको चेतावनी

काठमाडौं, १८ असोज । सरकारले बिदाको दिन पनि बजार अनुगमन गर्ने भएको छ । सार्वजनिक बिदाको दिन पनि नियमित बजार अनुगमन गर्ने हुदाँ कुनै समस्या भए, ठगिमा परे वा कानून विपरीतको कार्य भएको थाहा भएमा प्रहरीलाई खबर गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।

सरकारले आज देखि टिकाको भोली पल्ट सम्म दशैंका लागि सार्वजनिक बिदा दिएको छ ।

अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानून अनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । त्यस्ता सूचना देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी दिन मन्त्रालयले विज्ञप्ती मार्फत आग्रह गरेको छ। जानकारी पाए लगतै अनुगमन प्रक्रिया अघि बढाउने विज्ञप्तीमा उल्लेख छ ।

आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको पनि जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x