Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

बहराइनमा ११ जना नेपालीको मृत्यू

बहराइनमा ११ जना नेपालीको मृत्यू

एजेन्सी, २० पुस । एक वर्षको अवधिमा बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बढी पुरुष रहेको जनाईएको छ । जसमा नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।
अघिल्लो वर्ष मात्र बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ ९सुतेको सुतै भएर ज्यान गएको० भएर ज्यान गुमाउनेको संख्या सबै भन्दा बढी छ ।
सुतेको सुतै भएर ६ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाएका दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन । बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप , एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको मिर्गौलामा आएको खराबीका कारण ज्यान गएको हो ।
ज्यान गुमाउनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् ।
त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जासिङ थापाको ज्यान गएको नेपाली दूतवासले जनाएको छ ।
बहराइन नेपाली कामदारको आकर्षक गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । तर कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन ।
दूतावासले कामदारसँग सम्बन्धित गतिविधी गर्दै आएको र कामदारलाई सचेत गराउने गर्दै आएको बहराइनका लागि कार्यवाहक राजदूत खगराज पाण्डेले बताए ।
(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x