नागरिक लगानी कोष अन्य समूहमा

काठमाडौं,  २४ पौष।  नागरिक लगानी कोष अबदेखि नेपाल टेलिकम र जलविद्युत लगानी तथा विकास कम्पनीको वर्चस्व रहेको अन्य समूहमा पर्ने भएको छ । नेप्सेले आइतबारदेखि लागू हुने गरी नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको हो । यसअघि नागरिक लगानी कोषलाई वित्त समूहमा राखी कारोबार हगरिंदै आएको  थियो। नागरिक लगानी कोष र वित्त समूहमा रहेका सूचीकृत कम्पनीहरुको व्यावसायिक प्रकृतिमा भिन्नता रहेकाले अन्यमा सार्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । समान प्रकृतिका कम्पनीहरुलाई एउटै समूहमा राखेर कारोबार गर्दा लगानीकर्ताले यथार्थपरक सूचना प्राप्त गर्ने सृजनाक्ने पनि नेप्सेको ठम्याईं छ । यसअघि नेप्सेले विकास बैंक र माइक्रोफाइनान्सको समूह पनि अलग गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *