Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१८ दिनमा ३८ हजार २ सय ७२ जनाले राहदानी लिए

१८ दिनमा ३८ हजार २ सय ७२ जनाले राहदानी लिए

काठमाडौं, १९ कात्तिक । विगत एक महिनाको अवधिमा ३८ हजार २ सय ७२ जनाले राहदानी लिएका छन् । राहदानी विभागको तथ्याङ्क अनुसार असोज १४ देखि कात्तिक १४ सम्मको १८ कार्यदिनमा सो संख्यामा राहदानी जारी भएको हो ।

पछिल्लो समय बैदेशिक रोजगारीका लागि विदेश जानेको लर्को लागेको छ । त्यसमा पनि अमेरिकाले यस वर्ष आगामी सन् २०२१ का लागि डाईभर्सिटी भिसा (डिभी)का लागि आवेदनमा राहदानी अनिवार्य गरेपछि राहदानी लिनेको संख्या ह्वातै बढेको हो ।

विभागको तथ्याङ्क अनुसार गत असोज १४ गतेका दिन १ हजार ४ सय ७६ जनाले राहदानी लिएका थिए । कात्तिक ५ गते सबैभन्दा धेरै ४ हजार ३ सय २८ जनाले राहदानी लिएका छन् । त्यस्तै कात्तिक ६ गते ४ हजार १ सय ५१ र कार्तिक ४ गते ४ हजार एक सय ९ जनाले राहदानी लिएका थिए ।

तथ्याङ्क अनुसार विगत नौ बर्षको अवधिमा ५९ लाख २० हजार ३ सय १८ जनाले राहदानी लिई सकेका छन् । त्यस्तै, चालु आवको असोज महिनासम्ममा मात्रै १ लाख २० हजार ७ सय ६९ जनाले राहदानी लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x