Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ कर तिनुपर्ने

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ कर तिनुपर्ने

काठमाडौं ६ मंसिर । एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिर्नु पर्ने भएको छ । सर्वोच्च अदालतले विहिबार फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यो रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज समेत थप गर्नुपर्ने निर्धारण गरिदिएको छ ।

सरकारले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो। कुल कर निर्धाणरण भने ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ गरेको थियो। त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो।

सर्वोच्चको फैसलापछि निर्धारित करमा एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ। फैसलामा टेलिया सोनेरालाई कर निर्धारण गर्दा लगाएको दफा १२० (क) बमोजिमको शुल्क एनसेल प्रालिलाई पनि टेलियाकै समकक्षमा राखी जस्ताको तस्तै लगाएको शुल्क कानून विपरित देखिएको उल्लेख गरिएको छ।

सरकारले कर निर्धारण गरेपछि एनसेलले ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च गएको थियो। सर्वोच्चले सुरु फैसलामा एनसेलले कर तिर्नु पर्ने जनाएको थियो। पूर्णपाठमा भने सरकारले दावी गरेको भन्दा १८ अर्ब कम कर तिरे पुग्ने फैसला आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x