Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ बाट

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ बाट

काठमाडौं, २७ पौष । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले माघ १५ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १० बराबर ८।३ अर्थात ८३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ६७ लाख २२ हजार ५६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार २२५।६२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले जारी गर्ने हकप्रद शेयर सुरक्षित गर्न पौष २९ गतेसम्ममा शेयर खरिद गर्ने पर्दछ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि पौष ३० गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ६३ करोड २० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई ८० करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउनका लागि १६ करोड ८० लाख रुपैयाँ आवश्यक देखिन्छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x