Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंको कमलादीमा ३ अर्ब लगानीमा टावर बनाईदै

काठमाडौंको कमलादीमा ३ अर्ब लगानीमा  टावर बनाईदै

काठमाडौं, २२ मंसिर । वल्डर्स नेपालले ३ अर्ब रुपैयाँको लागतमा काठमाडौको कमलादीमा स्काइ वाक टावर निर्माण गर्ने भएको छ । टावरको निर्माणको शनिबार सिलन्यास गर्दे वल्डर्स टावर ७८ मिटर अग्लो हुने र १८ महिनाभित्र निर्माण सम्पन्न भै सक्ने जानकारी दिएको छ ।

शिलान्यसका अवसरमा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकासमा टावरले सहयोग पुराउँने बताए । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली युवाले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानका साथ कमाइको केही रकम नेपालमा प्रयोग गर्दै टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा भएको बताए। लगानीको सम्भावना भएको सही ढङ्गले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास नेपाली युवामा जागृत हुँदै गएको उल्लेख गर्दै उनले युवाको जोश, जाँगरका साथ शुरु गरिएको कार्यले लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x