Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्रोत नखुलेका लगानीको खोजी गर्दै मन्त्रालय

स्रोत नखुलेका लगानीको खोजी गर्दै मन्त्रालय

काठमाडौं, २३ मंसिर । स्रोत नखुलेको वैदेशिक लगानीका विषयमा सरकारले खोजी सुरू गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको गत कात्तिक १६ को बोर्ड बैठकले अवैध विदेशी लगानी खोज्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले काम थालेको हो ।

उक्त समितिले सुरूमा उद्योग विभाग र राष्ट्र बैंकमा पत्राचार गर्दै हालसम्म नियम पुरा गरेर आएका र नियम मिचेर भएका लगानीको विषयमा जानकारी गराउन आग्रह गरेको छ। छानिविन समितिले अवैध विदेशी लगानीलाई प्रक्रियामा आउन सूचना जारी गर्ने तयारी गरेको छ। जसअनुसार समितिले उद्योग विभागअन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखालाई सूचना जारी गर्न पत्र काटेको छ।

नेपालमा चालु आर्थिकको पहिलो चौमासिकमा लगानी बोर्डबाट ६६ अर्ब ८० करोडको विदेशी लगानी स्वीकृत भएको छ । गत वर्षसम्म ९५ अर्ब २० करोड लगानी स्वीकृत भएको थियो।
नेपालमा ६ अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृति दिने व्यवस्था छ। सो भन्दा माथिका लगानीका हकमा भने लगानी बोर्डबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

उद्योग विभागले हालसम्म ४ हजार ८ सय २२ वटा विदेशी लगानी स्वीकृत गरेको छ। जसमा उर्जामुलक ८१, उत्पादनमूलक ११ सय ६७, कृषिमूलक २ सय ८४, निर्माण सम्बन्धी ४६, पर्यटन सम्बन्धी १५ सय ३, सेवामूलक १६ सय १०, खनिज जन्य ७२ र प्रविधिमा आधारित ५९ वटा उद्योगले विदेशी लगानी गर्ने स्वीकृति लिएका छन्। लगानीका स्वीकृति लिनेमा ३ सय १ ठूला उद्योग, ४ सय ५८ वटा मझौला र ४ हजार ६३ वटा साना उद्योग छन्। उद्योग विभागको तथ्यांकअनुसार यी उद्योगहरुबाट हालसम्म ३ खर्ब ८८ अर्ब २० करोड लगानी प्रतिबद्धता आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x