कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नती गर्न पहल गर्छु : मन्त्री भट्टको
धनगढी, २३ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नती गर्न पहल गर्ने बताउका छन् । बेलौरी भन्सारनाका स्तरवृद्धिको माग गर्दै ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य संघको टोली सहितको प्रतिनिधि मण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे आफु जानकार रहेको उल्लेख गरे । उनले सुदूरपश्चिम सहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर लाग्ने प्रतिबद्धता जनाए ।
वि.सं. २०१९ सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएपछि दक्षिणी क्षेत्रको विकासक्रममा बाधा पुगेको प्रदेश सभा सदस्य कुलबीर चौधरीको बुझाइ छ । उनले बेलौरी भन्सार नाका सहित समग्र विकासको लागि मन्त्री भट्टलाई आग्रह गरे ।