Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिए

माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिए

काठमाडौं, २८ पुस । माओवादी केन्द्रले पार्टीको तर्फबार सरकारका रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले राजीनामा पत्र बुझाएका हुन् ।
माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका नौ मन्त्री र सात राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा विनाविभागीय मन्त्री बनाएका थिए । प्रतिपक्षी नेकपा एमालेसँग मिलेर वाम तालमेल गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जाने भएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई कुनै पोर्टफोलियो नदिई बिना विभागीय बनाएका थिए । त्यसपछि माओवादी मन्त्रीहरुलाई छोड्न दवाब परेको थियो । तर, देउवा नेतृत्वको सरकारले चुनाव नगरान सक्ने भन्दै चुनावको सुनिश्चितता भएपछि मात्र राजिनामा दिए बताएपनि चुनाव सकिएको एक महिनापछि माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।
विनाविभागीय मन्त्री बनेको ८६ दिन पछि राजीनामा दिएका माओवादी मन्त्रीहरुले यो अवधिको तलब सुविधा नलिने बताएका छन् ।
नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिएका कारण नैतिकताका आधारमा राजीनामा दिनुपरेको माओवादी मन्त्रीहरुले उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x