Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्माण शुरु भएको ११ वर्षपछि चमेलियाको बिजुली

निर्माण शुरु भएको ११ वर्षपछि चमेलियाको बिजुली

काठमाडौं, २९ पुस । सुदुरपश्चिम दार्चुला जिल्लामा रहेको चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको ११ वर्षपछि विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायले कुल ३० मेगावाट क्षमताको यस आयोजनको १५ मेगावाटको एउटा टर्बाइनबाट उत्पादीत विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको बताए । आयोजनाको गत असोजदेखि परिक्षण उत्पादन शुरु गरिएको थियो । चमेलियामा सुरुङ निर्माणका क्रममा सुरुङमा पहिरो गएपछि ठेकेदार चाइना गेजुवाले आयोजनाको लागत बढाउन माग गर्दै आयोजनाको काम लामो समय रोकेका कारण आयोजना निर्माणमा ढिलाई भएको हो ।
चमेलिया विद्युत् प्राधिकरणले निर्माण गरेको सबैभन्दा महँगो लागतको आयोजना हो । सामान्यतः नदीको बहावमा आधारित आयोजनाहरुको प्रतिमेगावाट लागत करिब १८ देखि २० करोडमा सम्पन्न हुने गरेकोमा चमेलिया आयोजनाको प्रतिमेगावाट उत्पादन लागत ५० करोड रुपैयाँ पुगेको छ । चमेलिया आयोजना सन् २०६३ सालमा निर्माण शुरु भएको हो । प्रारम्भिक अनुमान अनुसार आयोजना २०६८ सालमा सम्पन्न हुने अपेक्षा गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x