पर्यटन बोर्डको सिईओका लागि १७ आवेदन

काठमाडौं, ९ पुस । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा १७ जनाको आवेदन परेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको चार वर्षे कार्यकाल पुस ७ गते सकिएको छ। उनी ७ गतेबाटै बिदामा बसेका छन् ।

नयाँ नियुक्तीका लागि जोशी सहित बोर्डकै निर्देशक, प्रवन्धक,अधिकृत र पर्यटन व्यवसायीहरुको आवेदन परेको छ।

बोर्डबाटै आवेदन गर्नेमा निर्देशकद्वय काशिराज भण्डारी र हिक्मत सिंह ऐर छन् । प्रवन्धकहरुमा नविन पोखरेल, रोहिणी खनाल, उदय भट्टराई, लेखनाथ भुषाल र सूर्य थपलिया छन् । त्यस्तै, वरिष्ठ अधिकृत सन्तोष बिक्रम थापा र कुन्दन शर्माले आवेदन दिएका छन् ।

बाहिरबाट बच्चुनारायण श्रेष्ठ, विमल नेपाल, प्रमेश श्रेष्ठ, दीपक बास्ताकोटी, विष्णुप्रसाद गौतम,, प्रयास अधिकारी र धनन्जय रेग्मीको आवेदन परेको छ । बच्चुनारायण अहिले नेपाल भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *