Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौ भ्यू टावरको निमार्ण कार्य कछुवा गतिमा, समयमा निमार्ण सम्पन्न नहुने पक्का

काठमाडौ भ्यू टावरको निमार्ण कार्य कछुवा गतिमा, समयमा निमार्ण सम्पन्न नहुने पक्का

काठमाडौ, २ माघ । २०७५ साल असार मसान्तसम्ममा निमार्ण कार्य सम्पन्न गर्ने भनिएको काठमाडौं भ्यु टावरको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । यहि गतिमा निमार्ण कार्य हुने हो भने निश्चित समय भित्र सो टावरको निमार्ण सम्पन्न नहुने पक्का भएको छ ।

यस २९ तल्ले काठमाडौं भ्यू टावरको हाल जमिन मुनिको कार्य भइरहेको काठमाडौं महानगरपालीकाका कार्यकारी निर्देशक ज्ञानेन्द्र कार्कीले वताए । कार्कीका अनुसार तोकिएको समयमा नबन्ने पक्का छ । निमार्ण कार्यका लागि प्रयोग अत्याधुनिक उपकरण भारतवाट आउन ढिला भएको कारण देखाउदैे निमार्ण कार्य सुस्त गतिमा अघि बढेको बताइएको छ ।

जलेश्वर स्वच्छन्द विकोइ कम्पनीले जिम्मा लिएको भ्यू टावर ३० वर्षसम्म कम्पनी आफैले सञ्चालन गर्ने र त्यसपछि काठमाडौं महानगरपालीकालाई हस्तान्तरण गर्ने काठमाडौ महानगरपालीकाका निर्देशक ज्ञानेन्द्र कार्कीले वताए । महेश काफ्ले (काठमाडौ सुचना अधिकारी) को नेतृत्वमा अनुगमन समिति वनेको र अनुगमन तथा निरिक्षण गर्ने कार्य उहाँहरुकै नेतृत्वमा हुने कार्कीले वताए । साथै तोकिएको समयमा निमार्ण सम्पन्न नभए पनि यस कम्पनीले काठमाडौ महानगरपालिकालाई मासिक डेढ करोड ५५ लाख रुपैयाँ भाडा वुझाउने सम्झौता गरेको छ ।

यस भ्यु टावर निमार्णको लागि १२ तल्लासम्मको मात्र नक्सा पास भएको र वाँकी १७ तलाको नक्सा पासका लागि शहरी वस्ती विकास मापण्दडलाई परिमार्जन गर्ने तयारी स्वरुप स्थानिय विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । तर थप १७ तल्लाको नक्सा पास नभईसकेको कार्कीले जानकारी गरे । २३ रोपनी जग्गा रहेको उक्त क्षेत्रमा ४० प्रतिशत टावर रहने र बाँकी खाली रहने छ । इँटाको प्रयोग नगरी कंक्रिट र स्टिलको मात्र प्रयोग हुनेछ । यस निमार्णको लागि ७ देखि ८ अर्ब रुपैया लाग्ने जनाइएको छ ।

यस भ्यु टावरको अन्डरग्राउण्ड र पहिलो तल्लामा ठुला सवारी साधानहरु, त्यसभन्दा माथि दोस्रो र तेस्रो तलमा साना सवारी साधानहरुका साथै दुई पांग्रे सवारी साधानहरुको पार्किङ्ग गरिनेछ । माथि ब्यावसायिक प्रयोजनका लागि हुनेछ । २० तलामाथि स्वीमिङ पुलका साथै सिनेमा हल, रेष्टुरेन्ट, गेमिङ क्षेत्र, सपिङ सेन्टर ,फिट्नेश सेन्टर रहनेछ । सात हजार भन्दा वढीले प्रत्यक्ष रोजगारी पाउने उक्त भ्यू टावरमा सवैभन्दा माथी दृश्यावलोकनका लागि स्थान छुट्टाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x