Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

नेपाल आर्थिक संघमा प्याकुर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाल आर्थिक संघमा प्याकुर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौ., २० पुस । नेपाल आर्थिक संघको अध्यक्षमा पुनः प्रा.डा. विश्वम्भर प्याकु¥याल चयन भएका छन् । संघको २९ औं वार्षिक साधारणसभाले उनको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. भवानी ढुंगाना, उपाध्यक्षमा प्रा.डा. गोविन्द नेपाल, महासचिवमा गोपालप्रसाद तिवारी, सचिवमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह चयन भएका हुन् ।त्यस्तै कार्यसमिति सदस्यहरूमा डा. विजय श्रेष्ठ, प्रा.डा. केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्रा.डा. शिवराज अधिकारी, प्रा.डा. माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय, नवीन अधिकारी तथा जमुना श्रेष्ठ छन् । त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहने छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *