Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा आज पनि दोहोरो अंकको सुधार, कारोबारमा पनि चमक

सेयर बजारमा आज पनि दोहोरो अंकको सुधार, कारोबारमा पनि चमक

काठमाडौं, २१ पुस । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा सुधार आएको छ । आज बजार १८.२६ अंकले बढेर परिसूचक १२००.६९ विन्दुमा उक्लिएको छ।

हिजो पनि बजारमा १६ अंकको सुधार आएको थियो ।

आज कारोबारमा आएकामध्ये व्यापार समूहको उपसूचक घटेपनि अन्य सबै समूहको उपसूचकमा सुधार आएको छ। बजार सुधारिएको दिन कारोबार पनि बढेको छ । १ सय ७८ कम्पनीको ८४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसमा पनि सबैभन्दा धेरै एनआइसी एशिया बैंकको सेयर किनबेच भएको छ। बैंकको ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। पुस मसान्त नजिकिएसँगै लगानीकर्ताहरु बैंकको कर्जा तिर्न रकम जोहो गर्न तिर लागेकाले कारोबार बृद्धि भएको बताइएको छ।

त्यस्तै ओम्नी माइक्रोफाइनान्स वित्तीय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेको इन्स्योरेन्सका लगानीकर्ता परेका छन् । इन्स्योरेन्स को सेयर मूल्यमा ४.९४ प्रतिशतले गिरावट आएको छ।

केही लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई बजार विरोधीको रुपमा चित्रण गरिरहेका छन् । उनीहरुले सार्वजनिक कार्यक्रममै खतिवडा अर्थमन्त्री रहुन्जेलसम्म बजारले गति नलिने बताउने गरेका छन् । यही बेला उनी हट्ने हल्लाले बजारमा सुधार आएको एक लगानीकर्ताले बताए । राष्ट्रिय सभामा मनोनित हुने अन्तिम दिन हिजो उनी मनोनित नभएपछि बजार सुधारको बाटोमा लागेको अनुमान छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x