Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बायुसेवा कम्पनी प्रति कडाई हुँदै प्राधिकरण, उडान अनुमतिका लागि एक महिना अग्रिम भुक्तानी

बायुसेवा कम्पनी प्रति कडाई हुँदै प्राधिकरण, उडान अनुमतिका लागि एक महिना अग्रिम भुक्तानी

काठमाडौं, २२ पुस । बिमानस्थल प्रयोग गरे बापतको बक्यौता भुक्तानी नगर्ने बायुसेवा कम्पनीहरु प्रति नेपाल नागरिक उडड्यन प्राधिकरण कडाईका साथ प्रस्तुत हुने भएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका सबै विमानस्थल प्रयोग गरेबापत अब देखि बायुसेवा कम्पनीहरुसँग अग्रिम शुल्क लिने भएको छ ।

प्राधिकरणले न्यूनतम एक महिनाको सेवा शुल्क अग्रिम भुक्तानी नगरेसम्म उडान अनुमती नै नदिने निर्णय गरेको छ । बक्यौता नतिरि उडान गरिरहेका वायुसेवा कम्पनी र नयाँ आउने कम्पनीहरुका लागि प्राधिकरणले यस्तो नियम लागू गरेको हो । नयाँ नियम अनुसार नयाँ आउने आन्तरिक एवंम बाह्य एयरलाइन्स र हाल भएका वायुसेवा कम्पनीहरुले पनि एक महिनाको सेवा शुल्क अग्रिम दिनु पर्ने क्यानले जनाएको छ । पछिल्लो समय विभिन्न वायुसेवा कम्पनीहरुको करोडौं रुपैयाँ भुक्तानी हुन बाकी रहेपछि क्यानले उडान अनुमतिमै कडाई गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत दिनु पर्ने सेवा शुल्क नदिने कतिपय कम्पनीहरु बन्द भएका छन् भने केहि विदेशी कम्पनीहरुले नेपाल उडान नै बन्द गरेका छन् । नयाँ नियमले विमानस्थलको रकम नतिरी भाग्ने वायुसेवा कम्पनीहरुलाई समाउन सहज हुने विश्वास लिइएको छ । अहिले क्यानले बक्यौता रकम तिर्न हवाई कम्पनीहरुलाई ताकेता गरिरहेको छ । नेपालमा विदेशबाट २८ भन्दा बढि वायुसेवा कम्पनीहरुले उडान गर्दै आएका छन् भने आन्तरिक उडान ९ ओटा कम्पनीहरुले गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x