मुक्तिनाथ विकास बैंकद्वारा चमेलीलाई सहयोग

काठमाडौं, २९ पुस । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर कटारी–५ स्थित भुल्केकी चमेली तामाङलाई खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको छ । उक्त सहयोग सामाग्रीहरु बैंक कटारी शाखा प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

२८ बर्षीय चमेलीका श्रीमान सुस्त मनस्थितिका भएको र उनी सुत्केरी भएकाले चिसोबाट सुरक्षित हुन बैंकले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । उनका साथमा भर्खरै जन्मिएको छोरा र २ वर्षीय छोरी छिन् ।

बैंकले हाल एक सय ३४ वटा शाखा कार्यलयमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *